समाज

दोलखाको छौडेमा एमाले र कांग्रेस कार्यकर्ताबीच कुटाकुट, दुई घाइते

इकागज |
बैशाख २९, २०७९ बिहीबार १७:१ बजे

फाइल फोटो

काठमाडौँ - दोलखा जिल्लाको तामाकोशी गाउँपालिका - ३ छौडेमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झगडा तथा कुटपिट हुँदा दुई जना सख्त घाइते भएका छन् । 

आज दिउँसो तीन बजेतिर भएको घटनामा ललितपुर महानगरपालिका -१० का २१ वर्षीय समिर शाही र दोलखा तामाकोशी-३ का ३० वर्षीय दीपक पोखरेल गम्भीर घाइते भएका छन् । शाहीको कम्मरमा आठ टाँका र हातको पातामा सात टाँका लगाइएको छ । उनको स्वास्थ्य चौकी जफेमा उपचार भइरहेको छ । 


यस्तै पोखरलेको दुवै खुट्टाको तिघ्रामा धारिलो हतियार प्रहार गरिएको छ । उनको अवस्था गम्भीर रहेको छ । उनलाई उपचारका लागि चरिकोट ल्याउँदै गरेको प्रहरीले जनाएको छ । 

प्रहरी चौकी छौडेको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले मकवानपुर हेटौँडाका रविन दाहाल र ललितपुर - १० का मिलन शाहीलाई नियन्त्रणमा लिएको छ । 


Author

थप समाचार
x