समाज

सङ्खुवासभामा बिहान ४ बजेसम्म घरबाहिर निस्कन नपाइने

इकागज |
बैशाख २९, २०७९ बिहिवार २१:३५ बजे

काठमाडौँ - सङ्खुवासभामा आज रातिदेखि निषेध आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले अहिले ८ बजेबाट घरबाहिर ननिस्कन निर्देशन दिएको हो ।

जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले विज्ञप्ति जारी गर्दै भोलि बिहान ४ बजेसम्म घर बाहिर ननिस्कन निर्देशन दिएको छ । अत्यावश्यक कामले घर बाहिर निस्कन परेमा सुरक्षा निकायलाई पूर्व जानकारी गराई अनुमति लिएर मात्र निस्कन सूचनामा भनिएको छ ।



Author

थप समाचार
x