समाज

भोलि बिहान ६ बजेदेखि सवारी साधन सञ्चालनमा राेक

इकागज |
बैशाख २९, २०७९ बिहीबार २१:३९ बजे

काठमाडौं – काठमाडाैँ उपत्यकामा भोलि बिहान ६ बजेदेखि सवारी साधन सञ्चालनमा राेक लगाइएकाे छ ।

स्थानीय तहको निर्वाचनको दिन भोलि शुक्रबार बिहान ६ बजेबाट पूर्णरुपमा निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा राेक लगाइएकाे हाे ।


निर्वाचनका बेला आचारसंहिता उल्लंघन र अन्य कुनै अप्रिय घटना हुन नदिन सार्वजनिक सवारीसाधन सञ्चालनमा राेक लगाइएकाे उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले जनाएकाे छ । प्रहरी प्रधान कार्यालयका अनुसार तर यो अवधिमा अत्यावश्यक सवारी साधन चाहिँ सञ्चालन हुनेछन् ।

बेलुकी मतदान सकिएपछि मात्रै सवारीसाधन सञ्चालन गर्न दिने प्रहरीले जनाएकाे छ ।
 


Author

थप समाचार
x