समाज

बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु फेला

इकागज |
बैशाख ३०, २०७९ शुक्रबार ७:५३ बजे

धनगढी - बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेका छन् ।

प्रहरीका अनुसार जिल्लाको जयपृथ्वी नगरपालिका-९१ मा रहेको नारायण मावि पिमी कैलाश मतदान केन्द्र र बुंगल९८ पिजली भन्ने ठाउँमा महादेव मावि अठपाली मतदान केन्द्र जाने बाटोमा शंकास्पद वस्तु भेटिएको हो ।


जयपृथ्वीस्थित मतदान केन्द्रमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु र बुंगलमा रङको बट्टाजस्तो शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । दुवै ठाउँमा सेनाको टोली परिचालन गरिएको बझाङ प्रहरीले जनाएको छ।


Author

थप समाचार
x