समाज

स्थानीय तह निर्वाचन : खार्पुनाथमा झडप हुँदा १० जना घाइते

इकागज |
बैशाख ३०, २०७९ शुक्रबार १४:२५ बजे

सुर्खेत – हुम्लाको खार्पुनाथ गाउँपालिकाको एक मतदान केन्द्रमा झडप हुँदा १० जना घाइते भएका छन् । खार्पुनाथ गाउँपालिका–१ स्थित मालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा झडप हुँदा १० जना घाइते भएका हुन् । 

इच्छ्याएको व्यक्तिको नाममा भोट कसले हाल्ने भन्ने विषयमा विवाद चर्किएपछि कांग्रेस–माओवादी गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको हो । 


खार्पुनाथामा एमालेलाई नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गरेको छ भने माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन गरेका छन् ।


Author

थप समाचार
x