समाज

स्थानीय तह निर्वाचन : भोट हाल्न गएका वृद्धको मृत्यु

इकागज |
बैशाख ३०, २०७९ शुक्रबार १५:१० बजे

काठमाडाैँ – । बैतडीमा भोट हाल्न गएका वृद्धको मृत्यु भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक लोकराज जोशीले पाटन नगरपालिका ६ टुडेगैरका ७० वर्षीय कमल सिंह विष्टको मृत्यु भएको जानकारी दिए ।


उनका अनुसार विष्टलाई स्टेचरमा बोकेर कृष्ण माविको मतदानस्थलमा ल्याइएको थियो । मतदान स्थलमै अकस्मात बेहोस भएपछि उनलाई उपचारकाे लागि लगिएकाे थियाे । बिष्टको उपचारका क्रममा मृत्यु भएको हो ।


Author

थप समाचार
x