समाज

संसद भवन अगाडि सिलिण्डर बम विस्फाेट

इकागज |
बैशाख ३०, २०७९ शुक्रवार १६:४९ बजे

काठमाडौं – नयाँ बानेश्वरस्थित संसद भवनको गेट नम्बर १ मा एलपीजी ग्यास विस्फोट भएको छ। 

स्थानीय तह निर्वाचनको दिन संसद् भवन अगाडि सिलिण्डर बम विष्फोट भएको हाे ।


अज्ञात समूहले बिहीबार मध्यरातमा ग्यासमा आगो लगाइ हिँडेको र केही क्षणमै उक्त ग्यास पड्किएको महानगरी प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनाललीले बताए।

उनका अनुसार ग्यास विस्फोट भएपछि मानवीय क्षति नभए पनि आसपासका घरहरुको सीसामा क्षति पुगेको छ ।

संसद भवनको गेट १ मा पर्चा भेटिए पनि कुन समूहको हो भनेर नखुलेको उनले बताए। 

हाल बम विष्फोट गराउने व्यक्तिको खोजीमा काठमाडौं प्रहरीसहित उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली परिचालित भएको उनले जानकारी दिए ।  


Author

थप समाचार
x