समाज

महानगरको मतगणना स्थलमा लामखुट्टे मार्ने विषादी छर्किइँदै

इकागज |
बैशाख ३०, २०७९ शुक्रवार १७:५१ बजे

विराटनगर – विराटनगर महानगरपालिकाको मतगणना स्थल विराटनगर-७ स्थित आदर्श माविको प्राङ्गणमा लामखुट्टे मार्ने विषादी छर्किइएको छ ।

शुक्रबार सबै मतदान केन्द्रबाट मतपेटिका आइपुग्ने र मतगणनाको प्रक्रिया सुरु गरिने भएकोले गणनास्थलमा लामखुट्टेले नटोकोस् भनेर विषादी छर्किइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


विराटनगर महानगरपालिकाका १९ वटै वडामा अहिले शान्तिपूर्ण रुपमा मतदान सकिएको छ । केही मतदान केन्द्रमा भने लाइन लागिसकेका मतदान गर्न बाँकी रहेकोले उनीहरुले मतदान सम्पन्न गरेपछि मतपेटिका ल्याइने जनाइएको छ ।

मतगणना स्थलमा गणनामा खटिने कर्मचारीहरुसहित सुरक्षाकर्मी, दलका प्रतिनिधिहरुलाई लामखुट्टेले नटोकोस् भनेर विषादी छर्किएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेम बहादुर बुढाथोकीले जानकारी दिए ।  महानगरपालिकामा २९ वटा मतदान स्थलमा १२९ मतदान केन्द्र रहेका छन् । कुल मतदाता १ लाख ३३ हजार १४२ जना रहेका छन् ।


Author

थप समाचार
x