समाज

रौतहटमा लुटियो मतपेटिका

इकागज |
बैशाख ३०, २०७९ शुक्रवार १८:२९ बजे

तस्वीर : पत्रकार अभिमन्यु पटेलको फेसबुकबाट

रौतहट – रौतहटको एक मतदान केन्द्रबाट स्थानीयले मतपेटिका लुटेर लगेका छन् ।

रौतहटको यमुनामाई गाउँपालिका वडा नं २ भिडियाहीमा मतपेटिका लुटिएको हाे ।


उक्त गाउँपालिकाका अध्यक्ष प्रसाद मुखियाले सिल गरिसकिएको मतपेटिका स्थानीयले लिएर भागेको जानकारी दिए।

मतपेटिका बोकेर स्थानीय खेतैखेत भागेका थिए । यस सम्बन्धमा प्रशासनको ध्यानाकर्षण गराइसकिएको छ ।


Author

थप समाचार
x