समाज

संकलन गरिदै मतपेटिका

मतगणना स्थलमा सीसी क्यामराको निगरानी र तालजालीको घेरा

सरिता दाहाल |
बैशाख ३०, २०७९ शुक्रबार १८:४७ बजे

मकवानपुर - स्थानीय तह निर्वाचन २०७९ मकवानपुर जिल्लामा शान्तिपूर्ण रूपमा सकिएकाे छ ।

मतदान समय सांझ ५ बजेसम्म तोकिएको भएपनि मतदान स्थलमा पुगेका तर केन्द्र प्रवेश गर्न नभ्याएकाहरूलाई सुरक्षा घेराभित्र प्रवेश गराई मतदानको व्यवस्था मिलाएर मतदान गराइएकाे छ । केहि वडाहरूमा धेरै अझै मतदाता मतदानको लागि लाइनमै रहेका छन् ।


मकवानपुरको १० स्थानीय तहमध्ये हेटौंडा उपमहानगरपालिका बाहेक सबैमा मतदान सकिएको छ । यो स्थानीय तहमा मतपेटिका संकलन सुरू गरिएको छ ।

मतपेटिका संकलन पछि मतगणना आजैबाट सुरू हुनेछ ।  मतगणना स्थलमा सीसी क्यामेराको व्यवस्था गरिएको छ । सुरक्षित तरिकाले मतगणना गर्नका लागि मकवानपुरका मतगणना स्थलमा तयारी गरिएको हो । मकवानपुरका १० वटै पालिकामा स्थापना भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थल निर्माण गरी तयारी अवस्थामा राखिएको छ।

मकवानपुरका १० वटै मतगणना स्थलमा सीसी क्यामेरासहित तारजालीको व्यवस्था गरिएको मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए । मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र अरु आठ वटौ स्थानीय तहमा मतगणनाका लागि सीसी क्यामेरासहित तारजालीको व्यवस्थापन गरेर मतगणना गर्ने तयारीअनुसार मतगणना स्थल तयार पारिएको छ ।


Author

थप समाचार
x