समाज

मौसमसम्बन्धी सूचना टेलिफोनबाटै संकलन गर्न विभागको आग्रह

इकागज |
चैत १५, २०७७ आइतबार १३:१६ बजे

काठमाडौँ  : जल तथा मौसम विज्ञान विभागले सञ्‍चार माध्यमलाई सकभर टेलिफोनबाटै मौसमसम्बन्धी सूचना संकलन गर्न आग्रह गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले आज एक सूचना प्रकाशित गर्दै सकभर टेलिफोनबाटै सूचना संकलन गरी त्रिभुवन विमानस्थल गौचरस्थित मौसम पूर्वानुमान कार्यकक्षमा भिडभाड नगरिदिन अनुरोध गरेको हो । 

विभागले कोभिड-१९ को दोस्रो लहर विश्‍वमा फैलिरहेको र छिमेकी राष्ट्र भारतमा समेत तीव्र गतिमा संक्रमण बढेको भन्दै स्वास्थ्यसम्बन्धी मापदण्डलाई ख्याल गरी सञ्‍चार माध्यमलाई यस्तो आग्रह गरिएकफ सूचनामा उल्लेख गरेको छ । 



 


Author

थप समाचार
x