खेलकुद

प्रिमियर गल्फ च्याम्पियनशीप सोमबारबाट

इकागज |
जेठ ६, २०७९ शुक्रबार १७:२३ बजे

काठमाडौँ - सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनशीप सोमबारबाट गोकर्ण गल्फ क्लबमा सुरु हुने भएको छ । नेपाल प्रोफेसनल गल्फर एसोसियनले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै च्याम्पियनशीप बिहीबारसम्म संचालन हुने जनाएको छ ।

च्याम्पियनशीपमा ४० प्रोफेसनल गल्फरको सहभागिता रहने आयोजकले जनाएको छ । च्याम्पियनशीपको विजेताले २ लाख ५० हजार, उपविजेताले १ लाख ५५ हजार तथा तेस्रो हुनेले १ लाख १० हजार प्राप्त गर्ने छन् ।


त्यसैगरी, चौंथोले ९५ हजार र पाँचौंले ८७ हजार प्राप्त गर्नेछन् । शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउने आयोजकले जानकारी गराएको छ । 

यसैबीच, सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनशीपको प्रो-अमेच्योर भने आइतबारबाट सुरु हुनेछ । 
 


Author

थप समाचार
x