खेलकुद

थ्री नेसन्स कप : २-१ अन्तरले नेपाल विजयी

इकागज |
चैत १६, २०७७ सोमबार १९:३८ बजे

काठमाडौँ  : काठमाडौँमा जारी थ्री नेसन्स कपको उपाधी नेपालले हात पारेको छ । पहिलो हापमा २–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा भने १ गोल खाँदै २–१ को नजितासँगै जित हात पारेको हो ।  नेपालको लागि पहिलो गोल खेलको १८ औँ मिनेटमा संजोग राईले गरे भने दोस्रो गोल ४१ औँ मिनेटमा विशाल राईले गरे । उनीहरू दुबै पहिलो पटक पहिलो प्लेइङ ११ मा समावेश भएका खेलाडी हुन् । 

 नेपालले आज बंगलादेशी टिमविरुद्ध दबाब कायमै राखेको छ ।  थ्रीनेशन्स कप अन्तर्गत पहिला भएका दुबै खेलमा नेपालले किर्गिस्तान र बंगलादेशसँग गोलविहिन बराबरी खेलेको थियो । खेलको ८१ मिनेटको समयमा बंगादेशी खेलाडीले गोल गरेका हुन् । तर, किर्गिस्तानले आत्मघाती गोल गरेर बंगलादेशसँग अंक गुमाएपछि किर्गिस्तान खेलबाट आउट भएको थियो । दुबै टिमसँग बराबरी गरेको नेपालले यही सुविधाका आधारमा फाइनल यात्रा पक्का गरेको थियो ।  नेपालले ३७ वर्षपछि आफ्नै मैदानमा यसखालको उपाधि उचालेको हो ।    



Author

थप समाचार
x