खेलकुद

लिग विजेता मछिन्द्र क्लबले एन्फाबाट अझै पाएन पुरस्कार

इकागज |
जेठ ९, २०७९ सोमवार १२:२५ बजे

फाइल तस्‍बिर

काठमाडौं– मछिन्द्र क्लबका अध्यक्ष सुनिल कपालीले एन्फाले लिग जितेको रकम उपलब्ध नगराएको बताएका छन् ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको प्यानलको उम्मेदवारी घोषणा कार्यक्रममा कपालीले एन्फाले रकम अझैसम्म नदिएको बताए । ‘लिग विजेता मछिन्द्र क्लबले अझै पुरस्कार पाएन’ उनले भने ।


गत वर्ष सम्पन्न ए डिभिजन लिगमा मछिन्द्रले लिग जितेको थियो । उसले ७५ लाख रुपैयाँसहित शील्ड उचालेको हो । मछिन्द्र लिग सकिनु दुई खेल अगावै च्याम्पियन बनेको थियो ।
 


Author

थप समाचार
x