खेलकुद

हेमजा गोल्डकप : फाइनलमा आयोजक र एभिनियर भिड्ने

इकागज |
असार ९, २०७९ बिहीबार २०:२५ बजे

पोखरा- पोखरा २५ हेमजामा जारी हेमजा गोल्डकपको फाइनलमा आयोजक हेमजा युनाइटेड र एभिनियर फुटबल क्लब भिड्ने भएका छन् । बिहीबार भएको सेमिफाइनल खेलमा चर्च ब्वाइज क्लबलाई २-१ गोल अन्तरले हराउँदै एभिनियरले फाइनलमा आयोजकसँगको भेट पक्का गरेको हो । 

हेम्जा युनाइटेड क्लबको आयोजनामा भएको प्रतियोगितामा एभिनियरका लागि आनिसे र स्याङले गोल गरे भने चर्च ब्वाइजका लागि मिलन राईले गोल गरेको थिए । खेलको चौथो मिनेटमा नै चर्च ब्वाइजले पहिला अग्रता लिएको थियो । चर्च ब्वाइजका कप्तान मिलन राईले हेडमार्फत गोल गरे । त्यसको ३ मिनेट पछि एभिनियरका आनिसेले पेनाल्टीको सदुपयोग गर्दै गोल गरे । 


खेलको ५१ औं मिनेटमा चर्च ब्वाइजका दिनेश राजवंशी र एभिनियरका स्टेफनले रातो कार्ड पाएपछि दुवै टिम १० खेलाडीमा सीमित भएको थियो । दोस्रो हाफमा चर्च ब्वाइजलाई निकै दबाबमा राखेको एभिनियरका लागि साङ्गले ७६ औं मिनेटमा उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारे । उनी खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।

हेमजा गोल्डकपको उपाधि भिडन्त भने शनिबार हुनेछ । विजेताले नगद ६ लाख रुपैयाँ तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।


Author

थप समाचार
x