खेलकुद

जोकोभिच, राडुकानुको विजयी सुरुवात

इकागज |
असार १४, २०७९ मंगलबार ११:४० बजे

काठमाडौँ – ६ पटकका च्याम्पियन नोभाक जोकोभिचले विम्बल्डन टेनिस अन्तर्गत विजयी सुरुवात गरेका छन् । डिफेन्डिङ च्याम्पियन जोकोभिचले दक्षिण कोरियाका सुनवु क्वोनलाई ४ सेटमा पराजित गरे । सर्वियन खेलाडी जोकोभिचले पहिलो चरणको खेलमा क्वोनलाई ६-३, ३-६ , ६-३ र ६-४ को सेटमा पराजित गरे । 

यता बेलायती पूर्व विश्व नम्बर एक खेलाडी एन्ड मरेले पनि विजयी सुरुवात गरे । मरेले अष्ट्रेलियाका डकवर्थलाई ४-६, ६-३, ६-२ र ६-४ ले पराजित गरे । 


महिलातर्फ बेलायती खेलाडी इमा राडुकानुले बेल्जियमकी अलिसन भान उयटभांकलाई ६-४ र ६-४ को सोझो सेटमा पराजित गरिन् । 
 


Author

थप समाचार
x