अमेरिकी बास्केटबल खेलाडी ग्रिनरलाई रुसमा जेल सजाय
काठमाडौँ – रुसको एक अदालतले अमेरिकी बास्केटबल स्टार ब्रिट्नी ग्रिनरलाई लागुऔषध कारोबारमा दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको छ ।
३१ वर्षीया ग्रिनरले भांगको तेल राखेको स्वीकार गरेको बताउँदै उनले अदालतलाई ‘इमानदार गल्ती’ गरेको बताइन् ।
तर, अदालतले उनलाई तस्करी र लागुऔषध राखेको अभियोगमा दोषी ठहर गर्दै अभियोजनकर्ताले सिफारिस गरेको अधिकतम सजाय तोकेको आईएएनएसले जनाएको छ ।
दोहोरो ओलम्पिक स्वर्ण पदक विजेता तथा विश्वका उत्कृष्ट खेलाडीमध्ये एक मानिने ग्रिनरलाई फेब्रुअरीमा मस्को नजिकैको विमानस्थलमा उनको सामानमा भांगको तेल भएको भेटिएपछि पक्राउ गरिएको थियो । उनी अमेरिकाको अफ सिजनमा क्लब बास्केटबल खेल्न रुस आएकी थिइन् ।
यता ग्रिनरको वकिलको टिमले भने उक्त निर्णयविरुद्ध पुनः अपिल गर्ने जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया