खेलकुद

विश्व खेलकुद फोटोग्राफी अवार्ड जित्‍ने यो तस्बिरमा के छ खास ?

इकागज |
साउन २०, २०७९ शुक्रबार १७:३४ बजे

काठमाडौँ- डेभिड ग्रेले टेनिस खेलाडी नाओमी ओसाकाको औँलामा आराम गरिरहेको पुतलीको तस्बिरले विश्व खेलकुद फोटोग्राफी अवार्ड विजेता घोषित गरिएको छ । सो तस्बिरलाई सबै विधामध्येको उत्कृष्ट घोषित गरिएको बीबीसीले जनाएको छ । 

खासमा यो तस्बिर २०२१ अष्ट्रेलियन ओपनका क्रममा खिचिएको थियो । जसमा चार पटककी ग्रान्ड स्लाम विजेता जापानी खेलाडी ओसाकाले उनी माथि बस्न आएपछि पुतलीलाई हातले मद्दत गरिरहेको देखाउँछ । 


‘यो एक रोमाञ्चक तस्बिर हो,’ प्रतियोगिताका सह-संस्थापक साइमन बर्टनले भने ।

‘खेलकुद फोटोग्राफीले विशेष क्षणहरू खिच्छ र अनौठो कथाहरू बताउँछ, तर सबैभन्दा धेरै यसले तपाईलाई आकर्षित गर्छ र अप्रत्याशित कुरा भन्छ । यसले तपाईलाई फेरि हेर्न र पुनर्विचार गर्न बाध्य बनाउँछ,’ उनले थपे । 
 


Author

थप समाचार
x