खेलकुद

आठ पटकका विश्व च्याम्पियन खेलाडीको गोली हानी हत्या

इकागज |
साउन २४, २०७९ मगलवार १४:१७ बजे

काठमाडौँ- आठ पटकका जिउजित्सु विश्व च्याम्पियन लियान्द्रो लोको गोली हानी हत्या गरिएको छ । ब्राजिलियन खेलाडी लियान्द्रोमाथि ब्राजिलको साओ पाउलोको एक क्बलमा गोली प्रहार भएको उनका वकिललाई उदृत गर्दै अलजजिराले जनाएको छ । 

वकिल इभा सिक्विरी जुनियरले बताए अनुसार लियान्द्रो बसिरहेको टेबल नजिकै आएर आक्रमणकारीहरुले उनलाई तर्साएपछि लियान्द्रोले दुबैजनालाई भुइमा लडाएका थिए । 


त्यसपछि लियान्द्रोले उनीहरुलाई भुइबाट उठ्न मदत समेत गरेका थिए । तर सोही समयमा एकजनाले बन्दुक निकाल्दै उनको टाउँकोमाथि गोली प्रहार गरेको समाचारमा जनाइएको छ ।    

लियान्द्रोलाई अस्पताल लगिएपनि उनलाई मृत्त घोषित गरिएको थियो । ३३ वर्षीय लियान्द्रोमाथि गोली प्रहार गरेको आरोपमा एक ड्युटीमा नरहेका प्रहरीलाई पक्राउ गरेको छ । 
 


Author

थप समाचार
x