खेलकुद

बास्केटबल स्टार जोर्डनको जर्सी ५ मिलियन डलरमा बिक्री हुने

इकागज |
साउन २६, २०७९ बिहीबार ११:८ बजे

काठमाडौँ- अमेरिकन बास्केटबल स्टार माइकल जोर्डनले सन् १९९८ को एनबीए फाइनल्सका क्रममा लगाएको जर्सी ५ मिलियन अमेरिकी डलरमा बिक्री हुने सम्भावना रहेको छ ।

जोर्डनले लगाएको सिकागो बुल्सको दुईवटा जर्सी अक्सनमा राखिएको र उक्त जर्सी ५ मिलियन अमेरिकी डलरमा बिक्री हुने सम्भावना रहेको सीएनएनले जनाएको छ ।


सन् १९९८ को एनबीए सिजन जोर्डनको सबै भन्दा प्रसिद्ध सिजनको रुपमा लिइएको छ । अक्सन हाउसले उक्त जर्सी जोर्डनको सबैभन्दा महत्वपूर्ण बस्तुमध्येको एक भएको जनाएको छ ।

सन् १९९७-१९९८ को सिजनमा जोर्डन आफ्नो क्षमताको उच्च विन्दुमा पुगेको विश्लेषण गरिन्छ । यसका उक्त सिजन सिकागो बुल्सका लागि उनको अन्तिम सिजन समेत रहेको थियो । जोर्डनको १९९७-१९९८ को सिजन ‘द लास्ट डान्स’ को रुपमा समेत चिनिन्छ ।

सन् १९९८ जुन ३ मा उताह जाजविरुद्धको खेलमा जोर्डनले ४५ मिनेटभित्र ३३ अंक जोडेका थिए तर पनि सिकागो बुल्स भने खेलमा पराजित भएको थियो । तर अन्तिममा भने सिकागो बुल्सले एनबीएको उपाधि भने जितेको थियो ।


Author

थप समाचार
x