खेलकुद

२३ पटककी ग्रान्ड स्लाम विजेता सेरेना विलियम्सको दुखद विदाई

इकागज |
साउन २६, २०७९ बिहिवार १६:३३ बजे

काठमाडौँ- अन्तर्राष्ट्रिय टेनिसबाट सन्न्यास लिएकी अमेरिकी टेनिस स्टार सेरेना विलियम्सको विदाई पराजयसँगै भएको छ । सेरेनाले टोरन्टोमा जारी नेसनल बैँक ओपन टेनिसको प्रि-क्वार्टरफाइनलमा बेलिन्डा बेनसिकसँग पराजित भएकी हुन् ।

पहिलो खेलमा नुरिया पारिजास डियाजलाई पराजित गरेकी तीन पटककी विजेता विलियम्सले स्विट्जरल्यान्डकी बेनसिकविरुद्ध २-६ र ४-६ को सोझो सेटमा पराजित भइन् ।


खेलपछि कोर्टमै रहेकी विलियम्सका आखा आशुले भरिएका थिए र टोरन्टोका दर्शकमाझ टेनिसलाई विदाई गरे ।

‘मैले बेलिन्डा भन्दा राम्रो खेल्न सक्नुपर्थ्यो तर उनले राम्रो खेलिन् । पछिल्लो २४ घण्टा एकदमै रमाइलो थियो । म राम्ररी गुडबाइ भन्न सक्दिन । तर गुडबाइ टोरन्टो,’ विलियम्सले भनिन् ।


Author

थप समाचार
x