खेलकुद

फिफाद्वारा भारतलाई प्रतिबन्ध

इकागज |
साउन ३१, २०७९ मंगलबार ७:७ बजे

काठमाण्डौँ - विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ । अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) मा बाहिरी शक्ति हावी भएको भन्दै फिफाले  अनिश्चितकालीन प्रतिबन्ध लगाएको हो।

फिफाले एआईएफएफलाई यसअघि नै पटक पटक चेतावनी दिएको थियो । भारतको सर्वोच्च अदालतले एआईएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेपछि फिफाले त्यसो नगर्न चेतावनी दिएको थियो । 


फिफाको यो निर्णयसँगै भारतले अब अन्तर्राष्ट्रिय रुपमा क्लब तथा राष्ट्रिय टोलीको प्रतियोगिता खेल्न पाउने छैन । भारतका क्लबले पनि एएफसीको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन पाउने छैनन् । भारतले अक्टोबरमा आयोजना गर्ने तयारी गरेको यू-१७ महिला विश्वकप पनि अब अन्यत्र सर्ने भएको छ ‌‌।


Author

थप समाचार
x