खेलकुद

‘युनाइटेड खरिद गर्ने मस्कको भनाइ समर्थकका लागि ठट्टा होइन’

इकागज |
भदौ १, २०७९ बुधवार १५:५० बजे

काठमाडौँ- दश वर्षभित्रै आठजना प्रशिक्षक आएको तथा गएको देखेका इंग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेडका समर्थकहरुले विहान विहानै एक झुटको सामना गर्नुपर्‍यो । 

विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कले म्यानचेस्टर युनाइटेड खरिद गरिरहेको ट्वीट गरेको केही समयपछि नै उनले यो केवल ठट्टा भएको बताएको रोयटर्ले उल्लेख गरेको छ । 


तर मस्कको ट्वीटपछि युनाइटेडका समर्थकहरुले क्लबका अमेरिकन मालिक ग्लेजर परिवारसँग क्लब बेच्नका लागि माग गरिरहेका छन् ।

मस्कले म्यानचेस्टर युनाइटेड खरिद गरिरहेको ट्वीट गरेपछि एकजनाले साच्चै खरिद गर्न लागेको सोधेपछि मस्कले कुनै पनि क्लब नकिन्ने बताए । तर उनले बाल्यकालदेखि नै युनाइटेड आफ्नो मनपर्ने क्लब भएको बताए । 

तर केही युनाइटेडका समर्थकले भने यसअघि नै मस्कलाई विश्वकै सबैभन्दा ठूलो क्लब युनाइटेड खरिदका लागि सोच्नुपर्ने भन्दै ट्वीट गरेका थिए । यता मस्कले आफ्नो ट्वीट ठट्टा भएको बताउनु अघि नै केही व्यक्तिले ट्वीटर खरिद गर्ने कुराझै यो ठट्टा भएको प्रतिक्रिया भने दिएका थिए । 

३२ मिलियन फलोअर्स भएको युनाइटेडका करिब ५ लाख समर्थकले मस्कको ट्वीटलाई सुरुवाती ६ घण्टाभित्रै मन पराएका थिए । 

तर उनले ठट्टा भएको बताएपछि म्यानचेस्टर युनाइटेड फ्यान्टास्टिक क्लब हंगेरीले भने मस्क यस्ता व्यक्ति भएको जसले ट्वीट गर्नु भन्दा अगाडी केही पनि सोच्ने नगरेको प्रतिक्रिया दिएको छ । 

अर्कोतर्फ म्यानचेस्टर युनाइटेड फ्यान्स क्लब कोलकाताले भने मस्कले क्लबको १० हिस्सामध्ये एक हिस्सा खरिद गरेपनि राहत हुने थियो भन्दै प्रतिक्रिया दिएको छ । 
 


Author

थप समाचार
x