खेलकुद

एसियन पारा गेम्स २०२३ को अक्टोबरमा

इकागज |
भदौ १, २०७९ बुधबार १७:९ बजे

काठमाडौँ- चौथों संस्करणको एसियन पारा गेम्स चीनको हानझोउमा सन् २०२३ को अक्टोबर महिनामा हुने भएको छ । एसियन पाराल्मपिक कमिटि तथा हानझोउ एसियन पारा गेम्स अर्गनाइजिङ कमिटिले एसियन पारा गेम्स अक्टुबर २२ देखि २८ सम्म आयोजना गरिने जनाएको हो ।

यसअघि एसियन पारा गेम्स यसै वर्षको अक्टोबरमा आयोजना हुने तालिका रहेपनि कोभिड-१९ का कारण स्थगित गरिएको थियो ।


गत महिना नै ओलम्पिक काउन्सिल अफ एसियाले १९ औँ एसियन गेम्स चीनको हानझोउमा सन् २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना हुने जनाएको थियो ।


Author

थप समाचार
x