खेलकुद

मकवानपुरमा रग्बी खेल हुने

इकागज |
भदौ २, २०७९ बिहीबार १५:५२ बजे

मकवानपुर- मकवानपुर जिल्लामा पहिलो पटक रग्बीकाे मैत्रीपूर्ण खेल हुने भएको छ । मकवानपुर रग्बी संघ र चितवन रग्बी संघबीच दुई मैत्रीपूर्ण खेल हुने भएको हो । 

आगामी भदौं १० र ११ गते दुबै जिल्लाका रग्बी संघबीच मैत्रीपूर्ण खेल खेल्ने तय भएको मकवानपुर जिल्ला रग्बी संघले जनाएकाे छ । हेटौंडा-५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने खेलमा महिला रग्बी टिम र पुरुष रग्बी दुबै टिमले मैत्रीपूर्ण खेल खेल्नेछन् । यसअघि मकवानपुरका रग्बी टिम खेलाडी चितवन र काठमाडौँमा खेल्दै आएका थिए । 


मकवानपुरमा रग्बी खेल खेलाउन नसकेको अवस्थामा पहिलो पटक मकवानपुरमा मैत्रीपूर्ण खेल हुन लागेको जिल्ला रग्बी संघका अध्यक्ष लिलाकुमार घलानले बताए । अहिले मकवानपुर रग्बी टिमले नियमित प्रशिक्षण गर्दै आएको उनले जानकारी दिए । दुई जिल्लाका खेलाडीहरूबीच सुमधुर सम्बन्धका लागि खेल हुन लागेको घलानले बताए ।


Author

थप समाचार
x