खेलकुद

'नवौ राष्‍ट्रिय खेलकुद २०७९'

राखेपले माग्यो स्वयंसेवक प्रशिक्षक, दैनिक एक हजार पारिश्रमिक दिइने

इकागज |
भदौ १६, २०७९ बिहिवार ९:४७ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद्ले स्वयंसेवक प्रशिक्षकको माग गरेको छ । ७ प्रदेश र ३ विभागीय टिमका लागि ७ दिन भित्रमा राष्ट्रिय खेलकुद परिषदले प्राविधिक उप- समितिको सचिवालय तालिम तथा प्रशिक्षण विभागमा इच्छुक प्रशिक्षकले आवेदन दिन आह्वान गरेको हो ।

नवौ राष्ट्रिय खेलकुद २०७९ प्रतियोगितामा समावेश भएका खेल प्रशिक्षण र पूर्व तयारीका लागि पर्याप्त प्रशिक्षक नभएकाले र थोरै प्रशिक्षक हुँदा स्वयंसेवक माग गरेको परिषद्ले उल्लेख गरेको छ । स्वयंसेवक प्रशिक्षकका लागि अर्थ मन्त्रालयबाट बजेट पनि स्वीकृत भइसकेको खेलकुद परिषदले जनाएको छ ।


आगामी २७ गतेबाट प्रशिक्षकले एक महिनाका लागि दैनिक १ रुपैयाँ पारिश्रमीक पाउने छन् ।


Author

थप समाचार
x