खेलकुद

महिला साफ : नेपाल सेमिफाइनलमा भारतसँग भिड्ने

इकागज |
भदौ २८, २०७९ मंगलबार १९:२६ बजे

काठमाडौं– त्रिपुरेश्वरको दशरथ रंगशालामा जारी  छैटौं साफ महिला च्याम्पियनसीप अन्तर्गत नेपालले सेमिफाइनलमा भारतसँग भिड्ने भएको छ । आज भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशले भारतलाई ३–० ले हराएसँगै उपाधि होडमा पुग्ने खेलमा भारत र नेपालको भेट भएको हो ।

नेपाल समूह ए बाट विजेता हुँदै यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । नेपालसँगै समूह ए बाट भुटान उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । समूह बि मा रहेको भारत आजको हारसँगै उपविजेता बनेकाले नेपाल र भारतको भेट सेमिफाइनलमा भएको हो । समूह वि बाट विजेता बनेको बंगलादेशले सेमिफाइनलमा  भुटानसँग खेल्नेछ ।


आजको खेलमा पहिलो हाफमा बंगलादेशले २–० को अग्रता लिएको थियो । बंगलादेशले भारतलाई सुरु देखि नै दबाबमा राख्न सफल भयो । 
 


Author

थप समाचार
x