खेलकुद

महिला साफः नेपाल र भारतबीच सेमिफाइनल सुरु, सावित्रा बेञ्चमा

इकागज |
भदौ ३१, २०७९ शुक्रवार १७:४९ बजे

काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसीप अन्तर्गतको दोस्रो सेमिफाइनल खेल सुरु भएको छ । दशरथ रंगशाला त्रिपुरेश्वरमा फाइनल यात्राका लागि नेपाल र भारतबीचको खेल सुरु भएको हो ।

मुख्य प्रशिक्षक कुमार थापाले गोलकिपर एन्जिला सुब्बाको कप्तानीमा सुरुआती–११ खेलाडी मैदान पठाएका छन् । जसमा फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ परेकी छैनन् । उनी बेञ्चमा छिन् ।


नेपालीको अग्रपक्ति प्रिति राई र रश्मीकुमारी घिसिङले सम्हालेकी छन् ।

नेपालको सुरुआती–११

एन्जिला सुब्बा, गीता राना, पुनम जर्गा मगर, अमृता जैशी, हिरा कुमारी भुजेल, अनिता बस्नेत, अनिता केसी, सरु लिम्बु,दिपा शाही, प्रिती राई, रश्मी कुमारी घिसिङ
 


Author

थप समाचार
x