खेलकुद

श्याम तामाङलाई गल्फ मन्थली मेडल

इकागज |
असोज १, २०७९ शनिवार १६:२४ बजे

काठमाडौँ- श्याम तामाङले नवौँ संस्करणको सुर्य नेपाल गोकर्ण गल्फ मन्थली मेडल जितेका छन् । २० ह्यान्डिक्याप खेलेका तामाङले सात अन्डर ६५ स्कोर गर्दै मेडल जिते ।

चार अन्डर ६८ खेलेका चेवाङ्ग शेर्पा दोस्रो तथा चार अन्डर ६८ खेलेका बाबु शेर्पा तेस्रो भए । राम चन्द्र लिम्बु र बाबु शेर्पा तीन अन्डर ६९ मा बराबरी भएपछि काउन्ट ब्याकमा बाबु तेस्रो भए ।


टासी डोङले दुई अन्डर ७४ स्कोर गर्दै बेस्ट ग्रसको उपाधि तथा इभेन पार ७२ स्कोर गरेका आइस्तिना टन्डनले महिलातर्फको उपाधि जितिन् ।

प्रतियोगितामा जम्मा ४२ गल्फरको सहभागिता रहेको थियो । डा. भगवान कोइरालाले विजेतालाई पुरस्कार प्रदान गरे ।


Author

थप समाचार
x