खेलकुद

भक्कानिँदै बिदा भए फेडेरर

इकागज |
असोज ८, २०७९ शनिवार ११:१ बजे

तस्बिर : एपी

काठमाडौँ- स्विजरल्यान्डका टेनिस स्टार रोजर फेडेररले भक्कानिदैँ व्यावसायिक टेनिस खेलबाट बिदाइ लिएका छन् । इंग्ल्यान्डमा जारी लाभेर कप टेनिस अन्तर्गत स्पेनिस स्टार राफायल नाडालसँग युगल प्रतिस्पर्धामा उत्रेका फेडेररले व्यावसायिक टेनिस खेलबाट बिदाइ लिएको बीबीसीले जनाएको छ । 

२० पटकका ग्रान्ड स्लाम विजेता ४१ वर्षीय फेडेररलाई भव्य रूपमा बिदाइ गरिएको थियो । फेडेररलाई टेनिसको एक सर्वश्रेष्ठ खेलाडीको रूपमा लिइन्छ । 


‘यो निकै अद्भुत दिन थियो । म खुसी छु, दुखी छैन । म यहाँसम्म पुग्न सक्दा खुसी छु,’ फेडेररले प्रतिक्रिया दिए । 

आँखाभरी आसु बोकेका फेडेररले नाडाल तथा अन्य खेलाडीहरुलाई अंगालो हाल्दै बिदाइ लिए भने लन्डनको ओ२ एरेनामा रहेका हजारौ समर्थकले उनको नामको जयजयका गर्दै बिदाइ गरे । 

त्यतिमात्र नभएर नाडालले समेत आसु रोक्न सकेनन् । फेडेररसँगै बसेका ३६ नाडालले पनि रुदै थिए । 

एक समयका चिरप्रतिद्वन्दी फेडेरर र नाडालले अमेरिकी जोडी ज्याक सोक र फ्रान्सेस टियोफको जोडीविरुद्ध कोर्टमा उत्रेका थिए । उक्त खेल भने ज्याक र फ्रान्सेसको जोडीले जितेको थियो । 

पछिल्लो समय फेडेरर स्वास्थ्य समस्यासँग जुधिरहेका थिए । घुँडाको चोटका कारण उनले तीन पटक शल्यक्रिया गर्नुपरेको थियो । 

गत वर्ष विम्बल्डनमा सहभागी भएयता फेडेररले खेलेका थिएनन् । सन् २०२० देखि ११ मध्ये केवल ३ ग्रान्ड स्लाममा प्रतिस्पर्धा गरेका फेडेरर पुनः कोर्टमा लामो समय बिताउने आशा गरिएको थियो ।

तर स्वास्थ्य अवस्थामा चाहिएजस्तो सुधार नभएपछि फेडेररले गत हप्ता सन्न्यासको घोषणा गरेका थिए । 

उनले आफ्नो विदाइ भव्य हुनुपर्ने अपेक्षा गरेका थिए । उनको इच्छा अनुसार नै कोर्टमा १७ हजार ५ सय दर्शक उपस्थित रहेका थिए । उनकी श्रीमती तथा चार सन्तान समेत उपस्थित थिए । 
 


Author

थप समाचार
x