खेलकुद

इलिउडले म्याराथनमा कायम गरे नयाँ कीर्तिमान

इकागज |
असोज ९, २०७९ आइतबार १६:१८ बजे

काठमाडौँ- दोहोरो ओलम्पिक च्याम्पियन इलिउड किपचोजले म्याराथनमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन् । ३७ वर्षीय इलिउडले जर्मनीको बर्लिनमा भएको म्याराथनमा कीर्तिमान कायम गरेका हुन् ।

इलिउडले आफ्नै नाममा रहेको कीर्तिमान भंग गरेको बीबीसीले जनाएको छ । उनले निर्धारित दूरी २ घण्टा १ मिनेट र ९ सेकेन्डमा पुरा गर्दै यसअघि उनले आफैले कायम गरेको समय भन्दा ३० सेकेन्ड छिटो भए ।


इलिउडले चार वर्षअघि जर्मनीमै उक्त कीर्तिमान कायम गरेका थिए । यससँगै उनले १५ वटा म्याराथनको उपाधि जित्न सफल भएका छन् ।


Author

थप समाचार
x