खेलकुद

उपमेयर कप पुरुष तर्फकाे उपाधि १७ लाई

इकागज |
असोज १०, २०७९ सोमवार २०:४१ बजे

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा भएको उपमेयर कप भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फको उपाधि १७ नम्बर वडाले जितेको छ ।

केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरको आयोजनामा सोमबार हुप्रचौरमा भएकाे खेलमा १९ नम्बर वडालाई ३–१ को सेटमा पराजित गर्दै १७ नम्बर वडाले उपाधि जितेको हो ।


पहिलो सेट २५–२१ ले अग्रता लिँदै १७ नम्बर वडाले दोस्रो सेटमा १६–२५ ले पछि परेको थियो । पछिल्लो दुई सेट २५–२१ र २८–२६ ले आफ्नो पक्षमा पार्दै उपाधि जितेको हो । उपाधिसँगै १७ नम्बर वडाले ५० हजार रुपैयाँ हात पारेकाे छ । उपविजेता १९ नम्बर वडाले २५ हजार रुपैयाँ जितेकाे छ ।

उपमेयर कप भलिबल प्रतियोगिता अन्तर्गत महिला तर्फको हिजो (आइतबार) भएको फाइनल प्रतियोगितामा पनि १७ नम्बर वडा विजयी भएको थियो । ५ नम्बर वडालाई ३–१ को सेटमा पराजित गर्दै १७ नम्बर वडाले उपाधि जितेको थियाे ।


Author

थप समाचार
x