खेलकुद

बास्केटबल विश्वकपका दौरान खेलाडीबीच झडप भएपछि…

इकागज |
असोज ११, २०७९ मगलवार १४:१७ बजे

काठमाडौँ- अष्ट्रेलियामा जारी महिलाको बास्केटबल विश्वकपका क्रममा मालीका खेलाडीहरुबीच झडप भएको छ । सर्वियासँगको खेल ८१-६८ पराजित भएपछि रिपोर्टरले खेलाडीहरुसँग अन्तर्वार्ता लिदै गर्दा खेलाडीबीच झडप भएको बीबीसीले जनाएको छ ।

मिक्स्ड जोनमा मालीका एक सदस्यले अर्का एक खेलाडीमाथि आक्रमण गरेका थिए । त्यसपछि अन्य खेलाडीहरुले झड्पमा हस्तक्षेप गरेका थिए । झड्पको दृष्य भने सर्वियाको टेलिभिजनले सार्वजनिक गरेका थियो ।


यसैबीच विश्व बास्केटबलको सर्वोच्च निकाय फिबाले घटनालाई लिएर छानविन सुरु गरेको छ । छानविनपछि फिबाले कारवाही अगाडी बढाउने बताएको छ ।

लगातार चार खेलमा पराजित भएपछि माली विश्वकपबाट बाहिरिसकेको छ ।


Author

थप समाचार
x