खेलकुद

अञ्जनकाे अर्काे गाेल, बंगलादेशविरुद्ध नेपाल २ गाेलले अगाडि

इकागज |
असोज ११, २०७९ मंगलबार १७:५९ बजे

फाइल तस्वीर

काठमाडौं – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल नेपाल र बंगलादेशबीच भइरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजेबाट सुरु भएको खेलमा बंगलादेशविरुद्ध नेपालले सुरुआती अग्रता लिएको हाे। 

खेलको १८ औं मिनेटमा अञ्जन विष्टको गोलबाट नेपालले अग्रता लिएको हो । खेलकाे २६ अाै‌ मिनेटमा अञ्जनले अर्काे गाेल थपे ।


विमल घर्तीमगरले प्रहार गरेको फ्रिकिकलाई सुन्दर हेडमार्फत विष्टले गोल गरे ।
नेपाली टिमका कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाईँले बिहीबार नेपाली टोलीको घोषणा गरेका थिए। तत्कालीन मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै बन्द प्रशिक्षण छाडेकामध्ये ९ खेलाडी टिममा परेका छन् ।

त्यसैगरी, रितिक खड्का र आशिष चौधरी पहिलो पटक राष्ट्रिय टिममा अटाएका छन् ।

बन्द प्रशिक्षण छाडेर अलमुताइरीविरुद्ध विद्रोह गरेका रोहित चन्दसँगै विशाल श्रेष्ठ, अनन्त तामाङ, अञ्जन विष्ट, तेज तामाङ, विशाल राई र विमल घर्तीमगर टिममा अटाएका छन् । सुमन लामा मात्र टिममा छैनन् ।


Author

थप समाचार
x