खेलकुद

जिल्लास्तरीय महिला भलिबल : सेमिफाइनल समीकरण पूरा

इकागज |
असोज ११, २०७९ मगलवार २१:५२ बजे

मकवानपुर- मकवानपुरको हेटौंडामा जारी जिल्लास्तरीय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजनामा सोमबारदेखि सुरु प्रतियोगितामा समूह चरणको खेल मंगलबार सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।


समूह ‘क’ को विजेता बन्दै बकैया गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेकाे छ । बकैयाले सेमिफाइनलमा समूह ‘ख’ को उपविजेता हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाको टिमसँग खेल्ने छ । यस्तै समूह ‘ख’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेकाे मकवानपुरगढी गाउँपालिका समूह ‘क’ को उपविजेता थाहा नगरपालिकासँग सेमिफाइनलमा भेट पक्का गरेको छ।

सेमिफाइनल चरणको खेल बुधबार बिहान हुनेछ भने फाइनल खेल बुधबार दिउँसो हुने आयाेजक प्रतिष्ठानका महासचिव वसन्तकुमार सिटौलाले बताए ।

सोमबारदेखि सुरु जिल्लास्तरीय महिला भलिबल प्रतियोगितामा ७ वटा टिमको सहभागिता रहेको थियो ।

हुप्रचौरमा जारी प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरि उपविजेताले २५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने सिटौलाले जानकारी दिए ।


Author

थप समाचार
x