खेलकुद

एमेच्योर गल्फः नेपालको क्लिनस्विप

इकागज |
असोज १२, २०७९ बुधबार १७:४० बजे

काठमाडौँ- नेपाल टूरिज्म एमेच्योर गल्फ च्याम्पियनसीपको उपाधि ‘नेपाल ए’ टिमले जितेको छ । गोकर्ण गल्फ क्लबमा बुधबार ३६ होल पुरा हुँदा सुबास तामाङ र सदभाव आचार्यको जोडीले ३ अन्डर २८५ स्कोर गर्दै उपाधि जितेको हो ।

टासी छिरिङ र वाङचेन ढोनदुप रहेको ‘नेपाल बी’ ७ अन्डर २९५ स्कोरसहित दोस्रो भयो भने अजित बिक र सुरेश तामाङ सम्मिलत गण्डकी प्रदेश तेस्रो भयो । गण्डकीले २२ ओभर ३१० स्कोर गर्‍यो ।


लिटोन मोन्डोल र मेहेदी हसनको जोडी रहेको बंगलादेश चौथों भयो । उक्त जोडीले २३ ओभर ३११ स्कोर गर्‍यो ।  कतारका लागि सेलाह अली लकाबी र अब्दुलरहमान अल शाहरानीको जोडी पाँचौं भयो ।

महिलातर्फ नेपाललाई प्रतिनिधित्व गर्ने कश्मिरा शाह र सुष्मा सिंग्देलको जोडी ३१ ओभर ३१९ स्कोर गर्दै पहिलो हुँदा बागमतीको प्रतिभा राई र तारा कार्की चित्रकारको जोडी दोस्रो भयो । राई र चित्रकारको जोडीले ६५ ओभर ३५३ स्कोर गर्‍यो । बंगलादेशको सोनिया अख्तर र रिंकी अख्तरको जोडीले ६६ ओभर ३५४ स्कोर गर्दै तेस्रो स्थान हात पार्‍यो ।

व्यक्तिगततर्फ सुवास तामाङ पहिलो हुँदा टासी छिरिङ दोस्रो र सेलाह अली तेस्रो भए । महिलातर्फ कश्मिरा पहिलो, सुष्मा दोस्रो र प्रतिभा राई तेस्रो भए ।


Author

थप समाचार
x