खेलकुद

सन्दीप लामिछाने असोज २० गते नेपाल फर्किने

इकागज |
असोज १५, २०७९ शनिवार ११:५९ बजे

फाइल फोटो

काठमाडौंँ - बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आत्मसमर्पण गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले अक्टोबर ६ अर्थात यही असोज २० गते नेपाल फर्किने बताएका हुन्।

एक किशोरीले बलात्कारको जाहेरी दर्ता गराएपछि विदेशमै लुकेका लामिछानेले शनिबार बिहान एक वक्तव्य  जारी गर्दै नेपाल फर्किएर आत्मसमर्पण गर्ने बताएका छन् । 


‘ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदैछु र झुटो आरोप विरुद्ध कानुनी लडाइँ लड्नका लागि नेपाल सरकारसमक्ष आत्मसमर्पण गर्नेछु,’ उनले लेखेका छन् ।

उनले आफू निर्दोष भएको बताउँदै चाँडै न्याए पाउने विश्वास व्यक्त गरेका छन् । उनले आफूमाथिको षडयन्त्रको समसँगै पर्दाफास हुने दाबी पनि  गरेका छन् ।

केही समय सम्पर्कविहीन भएका लामिछानेले पछिल्लो पटक आफू तनावमा भएकोले आइसोलेसनमा बसेको बताए । 

 


Author

थप समाचार
x