खेलकुद

यालेमजेर्फलाई लन्डन म्याराथनको उपाधि

इकागज |
असोज १६, २०७९ आइतबार १८:५३ बजे

काठमाडौँ- इथियोपियाकी यालेमजेर्फ येहुलाव महिलातर्फको लन्डन म्याराथनको उपाधि जितेकी छन् । आइतबार भएको प्रतिस्पर्धामा गत वर्षकी विजेता जोयसिलिन जेप्कोस्गेइलाई पछि पार्दै यालेमजेर्फले उपाधि जितेकी हुन् ।

केन्याका पुरुषतर्फ एमोस किपरुटोले उपाधि हात पारे । इथियोपियाका लेउल गेब्रेसिलासे दोस्रो तथा बेल्जियमका बासिर अब्डी तेस्रो भए ।



Author

थप समाचार
x