खेलकुद

भारतका लागि अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेलेका खेलाडी नवौँ राष्ट्रिय खेलकुदमा सहभागी

सञ्जीव शाह |
असोज ३१, २०७९ सोमबार ८:३२ बजे

पोखरा- एथलेटिक्सअन्तर्गतको स्टिपलचेजमा भारतका लागि अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेलिसकेका खेलाडीले गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन लागेपछि त्यसको विरोध भएको छ ।

राष्ट्रिय खेलकुदअन्तर्गत ३ हजार मिटर पुरुष स्टिपलचेजमा कर्णाली प्रदेशका लागि दुर्गाबहादुर बुढाले सहभागिता जनाउँदैछन् । तर उनीविरुद्ध नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले 'प्रोटेस्ट' दर्ता गराएको पत्र इकागजलाई प्राप्त भएको छ ।


दुर्गाले भारतमा राष्ट्रिय तथा भारतका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको भन्दै विरोध भइरहेको हो । उनी भारतीय आर्मीमा रहेका छन् । दुर्गाले भारतका लागि एसियन च्याम्पियनसीपमा समेत सहभागिता जनाइसकेको बताइन्छ ।

दुर्गाले ८ औँ राष्ट्रिय खेलकुदमा समेत कर्णालीबाट प्रतिनिधित्व गर्दै पदक जितेको तर १३ औँ दक्षिण एसियाली खेलकुदमा भारतको प्रतिनिधित्व गरेको आरोप लगाइएको छ ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x