खेलकुद

बाल–बाल बच्दै पोर्चुगलले जित्यो घानालाई

इकागज |
मंसिर ९, २०७९ शुक्रवार ०:८ बजे

काठमाडौं– कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज भएको खेलमा पोर्चुगलले विजयी सुरुआत गरेको छ । समूह जी अन्तर्गत भएको खेलमा उपाधिको दाबी गर्ने पोर्चुगलले घानामाथि ३–२ को कठिन जित निकालेको हो ।

पोर्चुगलमाथि उत्कृष्ट खेल पस्केको घानाले रोनाल्डोको टिमलाई दवाबमा राख्यो । केही अवसर सदुपयोग हुन नसक्दा पोर्चुगलले बाल बाल बच्दै ३ अंक भाग्यवस बटुल्यो।


खेलमा दुवै टोलीले आक्रामक खेले । पहिलो हाफमा गोलरहित खेलेको खेलमा भएको पाँच वटै गोल दोस्रो हाफमा भएको हो । दुवै टोलीले आफूे पाएको अवसरलाई सफलतामा बदले । तर विभिन्न मुभ बनाएको घानाले आफूलाई जितका लागि उभ्याउन सकेन ।

पहिलो गोल पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मार्फत गरेर टोलीलाई अग्रता दिलाए । पोर्चुगलका लागि जोआओ फेलिक्स र राफाएल लिआओले गोल थप्दा घानाका कप्तान आन्द्रे आयु र ओस्मान बुकारीले गोल फर्काए ।

पहिलो हाफमै पोर्चुगलले सुन्दर मौका पाएको थियो । जसलाई घानाका गोलरक्षक अती जिगीले सुन्दर उत्कृष्ट बचाउ गरे ।

थप गरिएको ९ मिनेटको अन्तिम समयमा घाना खेल बराबरी गर्नबाट चुक्यो । गोलरक्षक डिओगो कोस्टाले बल भुइँमा राखेको बललाई पछाडि उभिएका घानाका इनाकी विलियम्सले बल खोसे । तर उनी चिप्लिए । तर पनि उनले गोलकिपर अगाडि रहेको समयमा खाली पोष्ट बल प्रहार भने नगरेका हैनन् । तर डिफेन्डर पोष्टमा फर्कन भ्याएपछि गोललाईनबाट बल क्लियर हुन पुग्दा पोर्चुगलले ३ अंक जोड्न भाग्यले पाएको हो ।
 


Author

थप समाचार
x