खेलकुद

विश्वकपमा घानामाथि संघर्षपूर्ण जितसँगै रोनाल्डोको कीर्तिमान

इकागज |
मंसिर ९, २०७९ शुक्रवार १:३ बजे

काठमाडौं । उपाधि दाबेदार पोर्चुगलले घानामाथि विजय हासिल गरेसँगै पोर्चुगिच स्टार रोनाल्डोले कीर्तिमान कायम गरेका छन् । रोनाल्डोले लगातार पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका हुन् ।

कतार विश्वकप २०२२ अन्तर्गत स्टेडियम ९७४ मा बिहीबार राति भएको खेलमा घानालाई ३–२ गोल अन्तरले हराउँदै पोर्चुगलले सुखद सुरुआत गरेकाे थियो । सो खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमान बनाएप नि घानामाथि संघर्षपूर्ण जित निकालेको हो । खेलको ६५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाए । यस गोलसँगै रोनाल्डोले कीर्तिमान बनाएका हुन् । उनले लगातार पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडीका रुपमा आफ्नो नाम लेखाए ।
रोनाल्डोले यस अघि २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा गोल गरेका थिए । यो विश्वकपमा गोल गरेसँगै उनले कीर्तिमान बनाएका हुन् । घानाका मोहमदले रोनाल्डोलाई पेनाल्टी क्षेत्रभित्र फउल गर्दै लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको हो । पेनाल्टी रोनाल्डोले कुनै गल्ती नगरी बललाई जाली चुमाए ।


यो खेलमा पोर्चुगलले घानामाथि ३–२ को जित निकाल्यो । यस जितसँगै समूह ’एच’ को पोर्चुगलले पहिलो खेलमा ३ अंक जोडेको छ ।
 


Author

थप समाचार
x