खेलकुद

फिफा विश्वकप

आज क्वार्टरफाइनलका दुई खेल हुँदै

इकागज |
मंसिर २३, २०७९ शुक्रवार ८:३३ बजे

काठमाडौँ - फिफा विश्वकप फुटबल २०२२२अन्तर्गत आज पहिलो दुई क्वाटरफाइनल खेल हुँदैछन् । क्वाटरफाइनलको पहिलो खेल नेपाली समयानुसार राति पौने ९ बजे ब्राजिल र क्रोएसियाबीच हुनेछ । 

एजुकेसन सिटी स्टेडियममा हुने खेलमा दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने दाउमा रहनेछन् । ब्राजिलले राउण्ड अफ १६ मा दक्षिण कोरियालाई हराएको थियो भने साविक उपविजेता क्रोएसियाले जापानलाई हराएको थियो ।


दोस्रो क्वाटरफाइनल खेल मोरक्को र पोर्चुगलबीच शनिबार राति पौने ९ बजे तथा तेस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स शनिबार राति पौने १ बजे हुनेछ । क्वाटरफाइनलको अन्तिम खेल आइतबार राति पौने १ बजे फ्रान्स र इंग्ल्यान्डबीच खेल हुनेछ । विश्वकपको फाइनल खेल डिसेम्बर १८ मा हुनेछ । 


Author

थप समाचार
x