खेलकुद

एन्फा अध्यक्ष नेम्वाङ एएफसीको सदस्यमा निर्वाचित

इकागज |
माघ १८, २०७९ बुधबार १९:२८ बजे

काठमाडाै‌ं । अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङ एसियन फुटबल कन्फेडेरेसन (एएफसी) को सदस्य पदमा निर्वाचित भएका छन् । बहराइनमा भएको एएफसी ३३ औँ कंग्रेसबाट नेम्वाङ सन् २०२७ सम्मका लागि सदस्य पदमा निर्वाचित भएका हुन् ।

शेख सलमान बिन इब्राहिम अल खालिफा तेस्रो पटक एएफसीको अध्यक्षमा निर्वाचित भए । यसैगरी, हाचेम हैदर, मेहदी ताज, उगेन सेचुप, जाव जाव र गानबाटार अमगालानबाटार उपाध्यक्षमा निर्वाचित भएका छन् ।



Author

थप समाचार
x