खेलकुद

राष्ट्रिय टिममा सन्दीपको ‘कमब्याक’, बोलाइयो क्लोज क्याम्पमा

इकागज |
माघ १९, २०७९ बिहीबार १७:५३ बजे

फाइल तस्बिर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा कमब्याक गर्ने बाटो खुलेको छ । नाबालिग बलात्कार आरोपपछि नेपाल क्रिकेट संघ (क्यान)को निलम्बनमा परेका लामिछानेलाई क्लाेज क्याम्पमा बोलाएसँगै उनको राष्ट्रिय टिमका लागि बाटो खुलेको हो ।

साढे तीन महिनापछि लामिछानेको निलम्बन फकुवा गरिएको थियो । उनीमाथिको निलम्बन फुकुवा भएसँगै उनलाई राष्ट्रिय टिमका लागि बोलाइएको हो । टिमका लागि छनोट समितिका संयोजक दीपेन्द्र चौधरीले उनलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् । 


सन्दीपले आज त्रिवि मैदानमा पुगेर प्रशिक्षकलाई भेटेका थिए । उनले केही अभ्याससमेत गरेका थिए । सन्दीयलाई बन्द प्रशिक्षणमा बोलाएसँगै अब क्याम्पमा २९ खेलाडी हुनेछन् ।

नेपालले आउँदो महिना आईसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ । यो खेल किर्तिपुरमा हुने जनाइएको छ ।
 


Author

थप समाचार
x