लेस्टरले म्यानचेस्टर युनाईटेडलाई हरायो
काठमाडौँ : इंगलिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले म्यानचेस्टर युनाईटेडलाई हराएको छ । मंगलबार राती भएको खेलमा लेस्टरले म्यानचेस्टर युनाईटेडलाई २-१ गोलले हराएको हो ।
लेस्टरलाई जिताउन लुक थोमस र काग्लर सोयुन्सुले गोल गरे । म्यानचेस्टरका लागि मसुन ग्रीनवुडले एक गोल फर्काए । जितसँगै लेस्टरले शीर्ष चारमा रहेर च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ ।
३६ खेलबाट ६६ अंक जोडेको लेस्टर तेस्रो स्थानमा छ भने ७० अंक जोडेको म्यानचेस्टर दोस्रो स्थानमा कायमै छ । म्यानचेस्टर युनाईटेड पराजित भएसँगै शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले भने लिगको उपाधि पक्का गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया