खेलकुद

शहिद स्मारक लिग : आज तीन खेल हुँदै

इकागज |
जेठ ४, २०८० बिहिवार ८:१२ बजे

काठमाडौँ- शहिद स्मारक ए डिभिजन लिग फुटवलमा आज तीन खेल हुँदैछन् । जसअनुसार दुई वटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तथा एक खेल च्यासल मैदान, ललितपुरमा हुँदैछ । 

च्यासल मैदानमा हुने खेलमा मनाङ मर्स्याङ्‌दी क्लब र संकटा क्लब एक आपसमा भिडने छन् । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।


यसैगरी रंगशालामा हुने पहिलो खेलमा फ्रेन्डस क्लब र मच्छिन्द्र फुटबल क्लब भिडनेछन् । जुन खेल दिउँसो ३ बजे सुरु हुनेछ । 

उता रंगशालामा नै साँझ ६ बजे हुने हुने दोस्रो खेलमा भने न्युरोड टिम र जावालाखेल युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । 


Author

थप समाचार
x