खेलकुद

म्यानचेस्टर युनाईटेडमाथि लिभरपुलको शानदार जित

इकागज |
बैशाख ३१, २०७८ शुक्रबार ८:३३ बजे

काठमाडौँ : इंगलिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाईटेडलाई हराएको छ । बिहीबार राती भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाईटेडलाई ४-२ गोल अन्तरले हराएको हो । 

लिभरपुललाई जिताउन रोबर्टो फिरमिनोले दुई, डियगो जोटा र मोहम्मद सलाहले एक एक गोल गरे । युनाईटेडका लागि ब्रुनो फर्नाण्डेज र मार्कुस रसफोर्डले गोल गरे । जितपछि लिभरपुलको ३५ खेलबाट ६० अंक भएको छ । लिभरपुल पाँचौ स्थानमा छ । युनाईटेड भने ७० अंकसहित दोस्रो स्थानमा छ । 


 


Author

थप समाचार
x