खेलकुद

सन् २०२० मा सर्वाधिक कमाउने खेलाडी

इकागज |
जेठ १, २०७८ शनिवार ११:२४ बजे

काठमाडौँ: फोब्र्सले सन् २०२० सर्वाधिक कमाइ गर्ने खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । फोब्र्सको सूचीमा विश्व खेलकुदमा प्रख्यात रहेका १० जना परेका छन् । जसमा यूएफसी फाइटर कोनर म्याकग्रेगरदेखि केभिन डुरान्ट सम्म छन् । 

सूचीमा पर्ने खेलाडीहरूको कमाइको मुख्य स्रोत फरक फरक रहेको छ । म्याकग्रेगरको कमाइको मुख्य स्रोत विभिन्न ‘कमर्सियल डिल’ हुन् भने लियोनल मेस्सीको कमाइको मुख्य हिस्सा बार्सिलोनाबाट आउने तलबले ओगट्छ । 


फोब्र्सको सूचीमा फुटबल खेलाडी बाहेक अमेरिकी फुटबल र बास्केटबल लिग खेल्ने ‘एथलेट’ पनि छन् । अमेरिकाको नेसनल फुटबल लिग (एनएफएल) र नेसनल बास्केटल एसोसिएसन (एनबीए) खेल्ने खेलाडीहरूको कमाइ ठूलो हुने भएकाले उनीहरू फोब्र्सको सूचीमा पर्नु स्वभाविक हो । त्यस्तै विश्व टेनिस स्टार रोजर फेडेरर पनि सर्वाधिक कमाइ गर्ने सूचीमा परेका छन् । 

सूचीः 
१, कोनर म्याकग्रेगर (एमएमए): १८ करोड अमेरिकी डलर 
२, लियोनल मेस्सी (फुटबल): १३ करोड अमेरिकी डलर 
३, क्रिस्टियानो रोनाल्डो (फुटबल): १२ करोड अमेरिकी डलर 
४, डाक प्रेस्कट (अमेरिकी फुटबल): १० करोड ७५ लाख अमेरिकी डलर 
५, लेब्रोन जेम्स (बास्केटबल): नौ करोड ६५ लाख अमेरिकी डलर 
६, नेयमार (फुटबल): नौ करोड ५० लाख 
७, रोजर फेडेरर (टेनिस): नौ करोड 
८, लुइस ह्यमिल्टन (फर्मुला वान): आठ करोड बीस लाख 
९, टम ब्राडी (अमेरिकी फुटबल): सात करोड ६० लाख 
१०, केभिन डुरान्ट (बास्केटबल): सात करोड ५० लाख   


Author

थप समाचार
x