खेलकुद

चेन्नई सुपर किंग्स आइपीएल २०२३ को च्याम्पियन

इकागज |
जेठ १६, २०८० मगलवार ९:१६ बजे

काठमाडौं– चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि उचालेको छ । आइपिएल २०२३ को फाइनलमा गुजरात टाइटन्सलाई हराउँदै चेन्नई बिजेता बनेको हो ।

गएराति भएको फाइनल खेलमा गुजरातलाई ५ विकेटले हराउँदै चेन्नई च्याम्पियन बन्यो । जितका लागि १ सय ७१ रनको विशाल लक्ष्य पछ्याएको चेन्नईले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो ।


योसँगै चेन्नईले आइपीएलको उपाधि पाँचौंपटक जितेको छ । सर्वाधिक आइपीएल जित्ने मुम्बई इन्डियन्सले पनि पाँच पटक नै उपाधि जितेको छ ।
हिजो भएको फाइनल खेल वर्षाका कारण पाँच ओभर घटाएर १५ मा झारिएको थियो । पहिले ब्याटिङ गरेको गुजरातले २ सय १४ रन बनाउँदा चेन्नईले २ सय १५ रनको लक्ष्य पाएको थियो ।
 


Author

थप समाचार
x