खेलकुद

हाई अल्टिच्युड खप्तड शैलेश्वरी म्याराथनको उपाधि त्रिभुवन आर्मीका खड्कालाई

इकागज |
जेठ १७, २०८० बुधबार १६:५९ बजे

कैलाली- खप्तडमा लाग्ने गंगा दशहरा मेलाको अवसर पारेर आयोजित हाई अल्टिच्युड खप्तड शैलेश्वरी म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका खडकबहादुर खड्काले चुमेका छन् ।  उनले निर्धारित ४२ किलोमिटरको दूरि २ घण्टा ३६ मिनेट ४६ सेकेन्डमा पूरा गरेका छन् । उपाधिसंगै खड्काले नगद एक लाख २५ हजार रुपैयाँ प्राप्त गरे । 

त्यस्तै त्यस्तै त्रिभुवन आर्मी क्लबकै नरेन्द्रसिं रावत दोस्रो भएका छन् । उनले २ घण्टा ३९ मिनेट ३४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै ८० हजार नगद पुरस्कार जिते । यसैगरी कर्णाली रिपोर्टस् क्लब जुम्लाका वीरेन्द्र पाण्डेय तेस्रो भए । उनले २ घण्टा ४२ मिनेट ४४ सेकेन्डमा दूरी पार गर्दै ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।


डोटी उद्योग वाणिज्य संघ र सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना तथा खप्तड स्थित नेपाली सेनाको भैरवप्रसाद गणको व्यवस्थापनमा म्याराथन प्रतियोगिता आयोजना भएको हो । प्रतियोगितामा स्वदेशी तथा विदेसी गरी ४८ जना धावक सहभागी रहेका थिए । 

खप्तडको प्रचारप्रसार गर्ने उद्देश्यले म्याराथनको आयोजना गरिएको उद्योग वाणिज्य संघ डोटीका अध्यक्ष मोहन कलेलले बताए । 

यस्तै महिलातर्फको हाफ म्याराथनमा समेत त्रिभुवन आर्मीकी पूर्णलक्ष्मी न्यौपाने प्रथम भएकी छन् । न्यौपानेले १ घण्टा १४ मिनेट १८ सेकेन्डमा निर्धारित दूरी २१.५ किलोमिटर पार गर्दै नगद ५० हजार जित हासिल गरिन् ।

त्यस्तै नेपाल पुलिस क्लबकी रेखा विष्टले १ घण्टा २२ मिनेट १० सेकेन्डमा निर्धारित दूरी पार गर्दै दोस्रो भइन् । उनले भने नगद ३० हजार प्राप्त गरिन् । त्यस्तै तेस्रो स्थानमा भने भैरव प्रसाद गणकी सुन्तला कडायत तेश्रो भइन् । उनले एक घण्टा २६ मिनेट ८ सेकेन्डमा दूरी पूरा गरेकी थिइन् । कडायतले २० हजार नगद प्राप्त गरिन् ।


Author

थप समाचार
x